Rule 22H
सामुदायिक शिक्षकको नियुक्ति वा बढुवा बदर गर्न सक्ने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सामुदायिक शिक्षकको नियुक्ति तथा बढुवा गर्दा देहायको त्रुटी भएको कुरा कुनै उजूरी परी जाँचबुझ गर्दा वा कुनै व्यहोराबाट थाहा हुन आएमा सम्बन्धित जिल्ला शिक्षा अधिकारीले त्यस्तो नियुक्ति वा बढुवा बदर गरी पुन शिक्षकको नियुक्ति वा बढुवा सम्बन्धी कारबाही गर्न सम्बन्धित व्यवस्थापन समितिमा लेखी पठाउन सक्नेछः–
(क) यस परिच्छेदको प्रक्रिया नपुर्याई सामुदायिक शिक्षक नियुक्ति वा बढुवा गरेमा,
(ख) रिक्त नभएको पदमा सामुदायिक शिक्षक नियुक्ति वा बढुवा गरेमा,
(ग) योग्यता र विषय नमिल्ने गरी सामुदायिक शिक्षक नियुक्ति गरेमा ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला शिक्षा अधिकारीले शिक्षक नियुक्त वा बढुवा भएको छ महिना पछि त्यस्तो नियुक्ति वा बढुवा बदर गर्न सक्ने छैन ।